अन्तर्राष्ट्रिय

सन् १९६५ को तुलनामा पाकिस्तान हजार गुणा बलियोः जमात ए इस्लामी

इस्लामाबाद–पाकिस्ताको कट्टरपन्थी पार्टी जमात ए इस्लामीले पाकिस्तानलाई कमजोर नआक्न भारतलाई चेतावनी दिएको छ।
जमात ए इस्लामी पार्टीका प्रमुख नेता सिराजुल हकले भारतले पाकिस्तानलाई विभिन्न बहाना बनाई युद्धकालागि उक्साएको आरोप लगाएका छन्। उनले भने, ‘भारतले हामीलाई युद्धको लागि उक्साउँदै छ। तर, भारतलाई यो ज्ञान हुन जरुरी छ  कि पाकिस्तान सन् १९६५ को तुलनामा हजार गुणा बलियो छ।’

पार्टीको युवा सम्मेलनलाई सम्बोधन गर्दै हकले भारतले कस्मिर क्षेत्रमा भैरहेको मानवीय अत्याचारबाट विश्वको ध्यान अन्यत्र खिच्न ‘वार हिस्टेरिया’  बनाइरहेको आरोप लगाए। उनले भने, ‘भारत यो मुद्दामा विश्वको ध्यान अन्यत्र मोड्न चाहान्छ तर म विश्व समुदायसँग अपिल गर्छु कस्मिर मुद्दाको विश्व समुदायमा उचित सम्बोधन होस्।’

उनले यो युद्ध भारत र पाकिस्तानको मात्र नहुने र यसले विश्वलाई नै ध्वस्त पार्ने भन्दै पूरा विश्व भारतले रचिरहेको युद्धको योजनाको विरुद्धमा उत्रिँदै सम्भावित खतरा रोक्न अपिल गरेका छन्।

उनले भारतीय प्रधानमन्त्री मोदीले आफ्नो असफलतालाई लुकाउनका लागि पाकिस्तानको नाम प्रयोग गर्ने गरेको आरोप लगाए। उनले भने, ‘भारतमा मोदीको आगमनपछि जातीय विभेद बढेको छ त्यहाँ हिन्दुबाहेका अन्य धर्मका मानिसलाई जनावर जस्तो व्यवहार गरिन्छ। भारतमा चरम गरिबपनि छ यो सबै मुद्दाबाट विश्वको ध्यान पाकिस्तान र सीमा मुद्धामा सीमित पार्दै मोदी आफ्नो असफलता लुकाउन चहान्छन्।’

 

प्रकाशित: १० आश्विन २०७३ ०७:१७ सोमबार

सन् १९६५ को तुलनामा पाकिस्तान गुणा बलियोः जमात इस्लामी