अन्तर्राष्ट्रिय

इन्डिगोको प्रिमियर सिट नीतिप्रति यात्रु आक्रोशित

मुम्बई–भारतको इन्डिगो एयरलाइन्सले आफ्ना बालबालिका लिएर विमानमा यात्रा गर्ने अभिभावककालागि प्रिमियर सिटको नँया नीति ल्याएको छ। नयाँ सिट नीति अन्तर्गत आफ्ना बालबालिकासँग विमानमा यात्रा गरिहेका अभिभावकलाई एयरलाइन्सले क्वाइट जोनका रुपमा छुट्टाएको सिटमा बस्न निषेध गरेको छ।

उक्त प्रमियर सिट नीति अन्तर्गत १२ वर्ष भन्दा कम उमेरका बालबालिकालाई लिएर विमानमा यात्रा गरिरहेका अविभावकले एयरलाइन्सले प्रिमियर सिट भनी तोकेको एक देखि चौथो पंत्ती तथा  एघार देखि चौथौँ पंत्तीको सिटमा बस्न निषेध गरेको हो।
सो नीतिपछि केही अभिभावक आक्रोशित बनेका छन्। आयुश्मान सिन्हाले भनेका छन्, ‘यो विभेदपूर्ण नीति हो, आफ्ना बालबालिकासँग यात्रा गर्दा यो सिट प्रयोग गर र यो सिट प्रयोग नगर भन्न पाइँदैन।’

त्यस्तै सुनित्रीका मुर्खर्जीले आक्रोश पोख्दै भनिन्, ‘एयरलाइन्सले केही यात्रुसँग महंगो शुल्क लिएर उनीहरुलाई आरामदायी होस भनेर केही सिटमा बाललबालिकालाई बस्न नपाउने नियम ल्याएका छन् बरु विमानमा बालबालिबालाई यात्रा गर्न नै निषेध गरे हुन्छ।’

यता इन्डिगो एयरलाइन्सका प्रवक्ताले भने यसबारेमा प्रतिक्रिया दिन अस्विकार गरेका छन्। तर एयरलाइन्सले ट्विरमार्फत यात्रुहरुको जिज्ञासाको जवाफ दिँदै कम्पनीले नयाँ नीति ल्याएको मात्र उल्लेख गरेको छ। उसले ट्विट गर्दै भनेको छ,  ‘हामीले हाम्रा यात्रुहरुले आरामदायी यात्रा गर्न सकुन् भनेर प्रिमियर सिट नीति लागू गरेका हौं।’

यस नीति अन्तर्गत आफ्ना १२ वर्ष भन्दा कम उमेरका बालबालिका लिएर यात्रा गरिरहेका छन् उनीहरुले एकदेखि चौथो पंत्ती तथा  एघारदेखि चौथौँ पंत्तीको सिटमा बस्न पाउने छैनन्। भारतका एक विज्ञले भने एयरलाइन्सले आफ्नो व्यापार नीति अन्तर्गत प्रिमियर सिट नीति ल्याएको भन्दै यसमा केही भन्न नमिल्ने बताए ।

 

प्रकाशित: ६ आश्विन २०७३ १०:३० बिहीबार

इन्डिगोको प्रिमियर सिट नीतिप्रति यात्रु आक्रोशित