अन्तर्राष्ट्रिय

रुसमा राष्ट्रपति पुटिनको पार्टीलाई बहुमत

मस्को –रुसमा भएको संसदीय निर्वाचनमा राष्ट्रपति भल्दिमिर पुटिनको पार्टी युनाइटेड रसियाले बहुमत हासिल गरेको छ।

रुसका निर्वाचन अधिकारीहरुले हाल सम्म ९० प्रतिशत मतगणना सकिएको र पुटिनको पार्टीले अहिले सम्म ५४.२१ प्रतिशत मत ल्याउदै बहुमत हासिल गरेको बताएका छन्।

त्यस्तै कम्युनिष्ट पार्टीले १३.५४ प्रतिशत, लिभरल डेमोक्रयाटीक पार्टीले १३.२८ प्रतिशत र फेयर रसीया पार्टीले ६.१९ प्रतिशत मत ल्याएको अधिकारीहरुले बताएकाछन्।

निर्वाचन भन्दा अघि गरिएको सर्वेक्षणले पनि पुटिनको पार्टीले चुनाव जित्ने देखाएको थियो।

उनको पार्टीले  सन् २०११ को संसदीय निर्वाचनमा ४९ प्रतिशत मत ल्याएको थियो।

 

प्रकाशित: ३ आश्विन २०७३ १०:१३ सोमबार

रुसमा राष्ट्रपति पुटिनको पार्टीलाई बहुमत