अन्तर्राष्ट्रिय

२२३ यात्रु बोकेको विमानभित्र मध्य अाकाशमा धुँवा अाएपछि

वासिङ्टन डिसी– २२३ जना यात्रु बोकेर मध्य आकाशमा उडिरहेको लुफ्थान्सा एयरलाइन्सको एउटा जहाज इमर्जेन्सी ल्यान्डिङ गरिएको छ। जहाजभित्र रहेको कफी मेकर अफ नहुँदा तातेर धुँवा निस्केको थियो।

२२३ जना यात्रु बोकेर मध्य आकाशमा उडिरहेको लुफ्थान्सा एयरलाइन्सको एउटा जहाज इमर्जेन्सी ल्यान्डिङ गरिएको छ। जहाजभित्र रहेको कफी मेकर अफ नहुँदा तातेर धुँवा निस्केको थियो।

धुँवाको गन्ध आएको कुरा यात्रुले थाहा पाएपछि चालकलाई खबर गरेका थिए।

एयरबस ए३३०–३०० सो जहाज भर्जिनियाँको वासिङ्टन डलास अन्तर्राष्ट्रिय विमान्सथलबाट म्युनिखका लागि उडेको थियो।

उडान नम्बर एलएच–४१५ रहेको सो जहाज सिड्नीदेखि ७० माइल दक्षिण–पश्चिमको आकाशमा उडिरहँदा पाइलटले ग्राउन्ड कन्ट्रोलमा सम्पर्क गरेका थिए। धुँवाको गन्ध आएको खबर पाएको ७० मिनेटपछि चालकले जहाजलाई बोस्टनमा ल्यान्ड गरेका थिए।

जर्मनीको एयरलाइन्स लुफ्न्साले गल्तीका कारण कडा इलेक्ट्रिकल गन्ध आएको बताएको छ।
 

प्रकाशित: २ आश्विन २०७३ १३:२८ आइतबार

२२३ यात्रु बोकेको विमानभित्र मध्य अाकाशमा धुँवा अाएपछि