अन्तर्राष्ट्रिय

निर्वस्त्र साइकल र्‍याली

गत शनिवार अमेरिकी शहर फिलाडेल्पि्कयामा तीन हजार नग्न मानिसले एक साथ साइकल कुदाए। यति धेरै नांगा मानिस एकसाथ साइकल र्‍यालीमा सहभागी भएको देखेर फिलाडेल्पि्कयाका बासिन्दा चकित परेका थिए।

र्‍यालीमा सहभागीमध्ये केहीले भित्री वस्त्र लगाएका थिए। बाँकी चाहिँ पूरै निर्वस्त्र थिए। 

'नग्नहरूको साइकल र्‍यालीले राखेका विविध लक्ष्यमध्ये इन्धनको बचत गरौँ भन्ने सन्देश प्रमुख हो,' समाचारमा भनिएको छ। र्‍याली आयोजकले नग्न र्‍यालीमा सहभागी हुन मानिसहरूलाई खुला आह्वान गरेको थियो।

नांगै भएर सामूहिक रूपमा साइकल कुदाउँदा सबैजना रमाएका थिए। 'नांगै साइकलको सिटमा बस्दा कतिपयलाई पीडा भएको थियो। त्यस्तालाई आयोजकले सिटलाई नरम वस्तुले बेर्न सुझाव दिएका थिए,' समाचारमा भनिएको छ।

प्रकाशित: ३१ भाद्र २०७३ ०६:४४ शुक्रबार

निर्वस्त्र साइकल र्‍याली