अन्तर्राष्ट्रिय

पाकिस्तानमा रेल दुर्घटना, ६ जनाको मृत्यु

मुल्तान– पाकिस्तानमा बिहीबार भएको रेल दुर्घटनामा परी ६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

मुल्तान सहरमा बिहीबार एक यात्रु बोकेको रेल र मालबाहक रेल आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको र १ सय जनाभन्दा बढी मानिस घाइते भएको पाकिस्तानी सञ्चार माध्यमले  जनाएका छन्।

रेलवेका अधिकारी शैमा वासिरले भनिन्, ‘एक यात्रुलाई ठक्कर दिएर मालबहाक रेल रोकीरहेको थियो सोही समयमा यात्रु बोकेको रेलले पछाडीबाट ठक्कर दिदाँ दुर्घटना भएको हो।’

उनले यात्रु बोक्ने रेलको चालकले रेलवेका कर्मचारीले देखाएको रातो झण्डा नदेखेको र उक्त दुर्घटना भएको बताइन्। 

उनीहरुले हाल उद्धार कार्य जारी रहेको र केही मानिसको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने बताएका छन्।
 

प्रकाशित: ३० भाद्र २०७३ ०९:०३ बिहीबार

पाकिस्तानमा रेल दुर्घटना जनाको मृत्यु