अन्तर्राष्ट्रिय

इदका अवसरमा दिइएका बलीका कारण ढाकामा सडक रगताम्मे

ढाका– मुस्लिमहरुको ठूलो चाड मनाउने क्रममा दिइएको बलीका कारण ढाकाका सडकसमेत रगताम्मे हुन पुगेका छन्। मुस्लिम समुदायको ठूलो चाड इद उल –आदाहका अवसरमा बलि दिइरहेका स्थानमा परेको वर्षाले बली दिँदा बगेको रगत बर्सात् पानीमा भलको रुपमा सडकमा पुगेपछि ठाउँठाउँमा सडक रगताम्मे भएका पाइएको थियो।

बङ्गलादेशको प्रशासनले बली दिनका लागि निश्चित क्षेत्र तोकेको थियो । तर वर्षाले ती स्थानमा पुग्न स्थानीयवासीलाई कठीन भएपछि आफ्नो पाएक पर्ने ठाउँमा जम्मा भई बली दिएपछि ठूलो मात्रामा जम्मा भएको रगत वर्षाको भेलमा मिसिएर सडकमा पुगेको हो।

बङ्गलादेशको राजधानी ढाकामा कमजोर ड्रेन निकासका कारण सानो वर्षा हुँदा पनि सडकमा पानी जम्ने समस्या हुने गर्छ । रासस/एपी

 

प्रकाशित: ३० भाद्र २०७३ ०५:२४ बिहीबार

इदका अवसरमा दिइएका बलीका कारण ढाकामा सडक रगताम्मे