अन्तर्राष्ट्रिय

टर्की र सिरियामा भूकम्पमा परी ५ सयभन्दा बढीको मृत्यु (अपडेट)

तस्वीरः राेयटर्स

मध्य टर्की र उत्तरपश्चिमी सिरियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ५०० भन्दा बढि पुगेको छ । त्यसैगरी हजारौं घाइते भएका छन्। मृत्यु हुनेको यो संख्या तीव्र गतिमा बढिरहेको अधिकारीहरुले बताएका छन्।

भूकम्पमा परी भत्किएका भग्नावशेषमा बाँचेकाहरूको खोजी सुरु गरिएको बिबीसीले जनाएकाे छ। सिरियाको अलेप्पो, लताकिया, हामा र टार्टसमा भूकम्पका कारण ठूलो क्षति पुगेको समाचार छ। एलेप्पोमा ठूलो संख्यामा भवनहरू भत्किएको खबर आएको छ। सिरियामा विद्रोहीको कब्जामा रहेका क्षेत्रमा कति क्षति भयो भन्ने अहिलेसम्म कुनै जानकारी आएको छैन। स्थानीय समय अनुसार सोमबार बिहान ७.८ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । त्यसपछि ४० भन्दा बढी पराकम्पहरू गइसकेकाे बताइएकाे छ । टर्कीका राष्ट्रपति अर्दोआनले देशमा संकटकाल लगाएका छन्।

 

प्रकाशित: २३ माघ २०७९ ०८:३७ सोमबार