अन्तर्राष्ट्रिय

सिरियामा युद्धविराम सम्झौतापछि विद्रोहीमाथी हवाई हमला

बेरुत –सिरियामा विद्रोहीको बलियो प्रभाव रहको क्षेत्रलाई लक्ष्यगरी गरिएको हवाई आक्रमणहरुमा दर्जनौ सर्वसाधारणको मृत्यु भएको छ।

रसिया र अमेरिकाबीच सिरियामा सोमबारबाट युद्धविराम लागू गर्ने सम्झौता भएको एक दिनपछि भएको यस हवाई आक्रमणहरुमा दर्जनौ व्यक्तिको मृत्यु भएको हो।

यो हवाई आक्रमणमा कुनै समूहको हात रहेको हो सो भने तत्काल प्रष्ट भएको छैन् । सिरियाको उत्तर प्रान्त इद्लिब र अलेप्पोमा सो आक्रमण भएको जनाइएको छ।
सिरियामा युद्धविराम गराउन रसिया र अमेरिकाबीच भएको सम्झौता अनुसार मुस्लिम समूदायको महान पर्व इद अल अदाको सुरु हुने दिन सोमबारबाट लागू हुने छ ।
अमेरिका र रसियाबीच भएको सो युद्धविराम सम्झौतको सिरियाली राष्ट्रपति बसर अल असदले शनिबार अनुमोदन गरेका थिए।
मानव अधिकार वादी समूह ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’का अनुसार इद्लिब सहरको बजार इलाकासहित लक्षित यस हवाई आक्रमणमा ५८ व्यक्तिको मृत्यु भएको छ। यो हवाई आक्रमण कुनै समूहले गराएको हो सो भने तत्काल प्रष्ट भएको छैन्।
मारिएका यी व्यक्तिहरुमा १३ बालबालिका र १३ महिला रहेका बताइएको छ। अज्ञात समूहबाट भएको हवाई आक्रमणमा अलेप्पो सहरमा १२ सर्वसाधारण मारिएका छन्। त्यसैगरी अलेप्पो सहरमा नै भएको बमबारीमा १८ जना सर्वधारण मारिएका पनि अब्जभेटरीले जानकारी दिएको छ।
सिरियामा सन् २०११ सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केहीपछि गएर गृहयुद्धमा परिवर्तन भएको थियो ।

सन् २०११ देखि जारी यस द्वन्द्वमा परी हालसम्म दुई लाख ९० हजार भन्दाबढी व्यक्तिको मृत्यु भइसककेको छ ।
यस द्वन्द्वको कारण लाखौँ व्यक्ति घाइते भएका छन्, भने लाखौँ व्यक्ति देशभित्र र बाहिर शरणार्थीका जिवन विताइरहेका छन्। रासस/एएफपी

 

 

प्रकाशित: २६ भाद्र २०७३ ०९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App