अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा पाँचौ परमाणु परीक्षण सफल भएको दाबी

सोल—उत्तर कोरियाले आफ्नो पाँचौ  परमाणु परिक्षण सफलतापूर्वक गरेको  दाबी गरेको छ। उत्तर कोरियाको सरकारी समाचार संस्थाले उत्तर कोरियाले आफ्नो पाँचौ न्युक्यिर मिसाइल परीक्षण गरेको र त्यसको कम्पन  परमाणु केन्द्र आसपास महसुुस गरिएको जनाएको छ।
दक्षिण कोरियाले उत्तर कोरियाको उक्त परिक्षण अहिले सम्मकै ठूलो भएको दाबी गरेको छ।

दक्षिण कोरियाले एक विज्ञप्ति निकाल्दै उत्तर कोरियाले मिसाइल ब्लास्टिक परिक्षण गरेको र उक्त कार्य गैरजिम्मेबार र तानाशाह मनोविज्ञानले प्रेरित भएको जनाएको छ। दक्षिण कोरियाली राष्ट्रपति पार्क ज्युन हिइले भनिन्, ‘ उत्तर कोरियाकालागि परमाणु परीक्षण आत्मघाती बन्न सक्छ। यो एक गैरजिम्मेवार कदम जो जसको  नतिजा भयावह हुनसक्छ।’

यता अमेरिकाले भने उत्तर कोरियाले राष्ट्रसंघको प्रतिबन्धका बाबजुद निरन्तर गरिएको परमाणु परिक्षणले भविष्यमा उसले ठूलो मुल्य चुकाउनु पर्ने बताएको छ।

 

प्रकाशित: २४ भाद्र २०७३ ०५:४७ शुक्रबार

उत्तर कोरियाद्वारा पाँचौ परमाणु परीक्षण सफल भएको दाबी