अन्तर्राष्ट्रिय

ब्राजिललमा नायाँ सरकारविरद्ध विशाल जनप्रर्दशन

रियो दि जेनेरियो– ब्राजिजलमा नयाँ सरकारविरद्ध विशाल जनप्रर्दशन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

नयाँ राष्ट्रपतिका रुपमा मिचेल टिमरीले कार्यभाल सम्हालेपछि विगत ७ दिनदेखि त्यहाँ सरकार विरोधी प्रर्दशन भइरहेको छ। उक्त सरकारविरोधी र्यालीमा करिब ५० हजार मानिस प्रर्दशनमा उत्रिएका थिए।

तर प्रहरीले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षप गर्दै लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेपछि प्रर्दशनकारी थप अक्रोशित बनेका छन्। उक्त क्रममा केही आन्दालनकारीका साथै केही प्रहरीसमेत घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। हाल चीनमा जारी जि–२० मा रहेका राष्ट्रपति टिमरीले भने आन्दोलनकारीलाई कुनै व्यक्तिको समर्थनमा प्रर्दशन गर्नुको साटो देश विकासका बारेमा सोच्न पर्ने प्रतिक्रया दिएका छन्।

गत हप्ता दिल्मा रुसेफलाई त्यहाँको माथिल्लो सिनेटले बहुमतबाट राष्ट्रपतिको पदबाट बर्खास्त गरेपछि उनका समर्थक उनको पुर्नवाहालीको माग राख्दै प्रर्दशनमा उत्रिएका थिए।
 

प्रकाशित: २० भाद्र २०७३ ०६:४० सोमबार

ब्राजिललमा नायाँ सरकारविरद्ध विशाल जनप्रर्दशन