अन्तर्राष्ट्रिय

अमेरिकामा ५.६ रेक्टर स्केलको भूकम्प

सिकागो—अमेरिकाका विभिन्न सहरमा भूकम्पको धक्का महसुस गरिएको छ। अमेरिकी भुगर्भिय सर्वेक्षण युएसजिएसले स्थानीय समय अनुसार शनिबार बिहान  ७ बजे ओकाहोमाको उत्तरमध्य भागलाई केन्द्र बनाएर ५.६ रेक्टर स्केलको भूकम्प गएको बताएको छ। उसले भूकम्पपछि पराकम्प  जाने क्रम जारी रहेको पनि बताएको छ। भूकम्पको धक्का कान्सस, मीसौरी,अर्रकान्सस ,नोरमन लगागतका स्थानमा महसुस भएको थियो।

भुकम्पबाट भएको भौतक तथा मानवीय क्षतीको विवरण नआएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

 

प्रकाशित: १८ भाद्र २०७३ १३:०० शनिबार

अमेरिकामा ५.६ रेक्टर स्केलको भूकम्प