अन्तर्राष्ट्रिय

फिलिपिन्समा बम विस्फोट १२ जनाको मृत्यु

डावाओ– फिलिपिन्सको दक्षिणी डावाओ सहरमा बम फिस्फोट हुदाँ १२ जनको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

फिलिपिन्सको राष्ट्रिपतिका प्रवक्ताले एक विज्ञप्क्ति जारी गर्दै अति व्यस्त सहरमा शुक्रबार राती बम विस्फोट गराइएको र उक्त हमलामा परी १२ जनाको मृत्यु हुनुका साथै ७० जना घाइते भएको बताएका छन्।

उक्त डावाओ सहर राष्ट्रपति रोड्रिगो ड्युटरेटिको गृह सहर हो। राष्ट्रपति रोड्रिगोले उक्त हमला कानुनी राज्यको उपहास भएको भन्दै कडा सुरक्षााको रणनीति अपनाउने बताएका छन्।

हाल सम्म उक्त बम विस्फोट कुन समुहले गरेको भन्ने पुष्टि भएको छैन। त्यहाँको सरकारले यसबारमा थप अनुसन्धान भैरहेको जनाएको छ।
 

प्रकाशित: १८ भाद्र २०७३ ०८:१९ शनिबार

फिलिपिन्समा बम विस्फोट १२ जनाको मृत्यु