अन्तर्राष्ट्रिय

उज्वेकिस्तान राष्ट्रपतिको निधन

उज्वेकिस्तान–उज्वेकिस्ताको सरकारले राष्ट्रपति इस्लाम कारिमोभको निधन भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
राष्ट्रपति कारिमोभकालाई अचानक मष्तिस्कघात भएपछि ६ दिन अघि अस्पताल भर्ना गरिएको थियो। उज्वेक सरकारले एक विज्ञप्त्ति जारी गर्दै भनेको छ– ७८ वर्षीय राष्ट्रपति कारिमोभको मष्तिस्कघातका कारण शुक्रबार राति निधन भएको छ।’

कारिमोभले सन् १९८९ देखि उज्वेकिस्तानको सत्ता सम्हाल्दै आएका थिए ।उनको निधनपछि त्यहाँ तीन दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ । उनको निधनपछि वर्तमान प्रधानमन्त्री  सभाकत मिर्जियोएभलाई राष्ट्रपतिको उत्तराधिकारीका रुपमा हेरिएको छ। उनको अन्तिम संस्कार उनकै गृह सहर समरकान्डमा शनिबार गरिने उज्वेक सरकारले बताएको छ।

 

प्रकाशित: १८ भाद्र २०७३ ०५:०२ शनिबार

उज्वेकिस्तान राष्ट्रपतिको निधन