अन्तर्राष्ट्रिय

भारतका १० ट्रेड युनियन देशव्यापी हड्तालमा

नयाँ दिल्ली — भारतमा विभिन्न श्रमिक संगठनहरू संयुक्त रूपमा शुक्रबार देशव्यापी हड्तालमा उत्रिएका छन् । भारतका विभिन्न १० ट्रेड युनियनले  विभिन्न १२ शुत्रिय माग राख्दै आज  हड्तालमा उत्रिएका हुन्।

उनीहरुले  न्युनतम ज्याला निर्धारण , श्रम कानुनको पुर्ण कार्यान्वयन , निजीकरण निती  तत्काल बन्द गर्नुपर्ने  लगायतका माग राख्दै आन्दोलनमा उत्रएिका हुन्।

बन्दका कारण  दिल्ली, बेङलोर र हैदराबाद सहर बढि प्रभावित भएका छन्। बन्दका कारण भारतमा उर्जा, बन्दरगाह, बैंकिङ, तथा टेलिकम क्षेत्र प्रभावित रहेका  छन्। श्रमिकहरुको हड्तालका बाबजुद स्कुल कलेज तथा रेल वे सेवा भने निर्वाध रुपमा संचालनमा आएको भारतीय संचार माध्यमले जनाएका छन्।

 

प्रकाशित: १७ भाद्र २०७३ ०६:१७ शुक्रबार

भारतका १० ट्रेड युनियन देशव्यापी हड्तालमा