अन्तर्राष्ट्रिय

मालदिभ्सद्वारा पूर्व राष्ट्रपति नसिदविरुद्ध पक्राउ पूर्जी जारी

माले – मालदिभ्सले पूर्व राष्ट्रपति मोहम्मद नसिदविरुद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको छ।

यसअघि जेल जीवन बिताइरहेका नसिद उपचारका लागि बेलायत गएका तर उपचारपछि आफ्नो बाँकी जेल जीवन पूरा गर्न स्वदेश नफर्केपछि  उनीसवरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो।

पहिलो पटक प्रजातान्त्रिक रुपमा मालदिभ्सको राष्ट्रपति निर्वाचित  भएका  नसिदले हालै बेलायतमा राजनीतिक शरणका लागि अनुमति  पाएका थिए।

मालदिभ्सको उच्च अदालतले पूर्व राष्ट्रपति नसिदलाई बाँकी जेल समय पूरा गराउन पक्राउ आदेश दिएको सरकारद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा नसिदले १३ वर्ष थप जेल जीवन भुक्तानी गर्नुपर्ने देखिएको र उक्त सजाय पूरा गर्न उनलाई स्वदेश ल्याउने प्रयासस्वरुप पछिल्लो निर्णय आएको बताइए पनि उनलाई स्वदेश फिर्ता गरिनुपर्ने कारणका बारेमा विस्तृतमा उल्लेख गरिएको छैन।

 

प्रकाशित: १६ भाद्र २०७३ ०९:०७ बिहीबार

मालदिभ्सद्वारा पूर्व राष्ट्रपति नसिदविरुद्ध पक्राउ पूर्जी जारी