अन्तर्राष्ट्रिय

अश्लिल व्यवहार गरेको भन्दै मन्त्रीलाई हटाइयो

नयाँ दिल्ली –दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवालले समाज कल्याण, महिला तथा बाल विकास मन्त्री सन्दिप कुमारलाई पदबाट हटाएका छन्। कुमारलाई पदीय मर्यादा बाहिर गएको भन्दै पदबाट हटाइएको हो।

बुधबार भारतका संचार माध्यममा कुमार दुई महिलासँग आपत्तिजनक अवस्थामा रहेको सिडी सार्वजनिक भएको थियो। विभिन्न आरोपमा मन्त्री पदबाट हटाइने कुमार तेस्रा मन्त्री हुन्।

मन्त्री कुमारले भने आफूलाई दलित भएकाले फसाइएको आरोप लगाएका छन्। बुधबार संचार माध्यमसँग कुरा गर्दै उनले भने, ‘म यो आरोपको खण्डन गर्न चहान्छु म दोषी हो वा होइन अनुसन्धापछि थाहा हुन्छ । म दलित समाजको मान्छे भएको र आफ्नो एउटा पहिचान बनाउन सफल भएकाले मलाई फसाउन यस्तो गरिएको हो।’

उनको सिडी सार्वजनिक भएपछि सामाजिक संजालमा उनलाई मन्त्रीबाट नभई पार्टीबाटसमेत बर्खास्त गर्नु पर्ने प्रतिक्रिया आएको छ।
दिल्लीकी महिला आयोगकी अध्यक्ष स्वाती मालिवालले ट्व्टि गर्दै भनेकी छन् ‘सन्दीपको यो व्यवहार आश्चर्यजनक र र्दुभाग्यपूर्ण छ , यस्ता मानिस मन्त्री बन्न लायक छैनन् अझ महिला तथा बाल कल्याण त टाढाको कुरा हो।’

 

 

प्रकाशित: १६ भाद्र २०७३ ०६:४८ बिहीबार

अश्लिल व्यवहार गरेको भन्दै मन्त्रीलाई हटाइयो