अन्तर्राष्ट्रिय

युनाइटेड एयरलाइन्सको विमान आपतकालीन अवतरण, १६ घाइते

आयरल्याण्ड— युनाइटेड एयरलाइन्सको युए—८८० विमानमा अचानक खराबी आएपछि आयरल्याण्डको सानोन विमानस्थलमा आपतकालिन अवतरण गरिएको छ।

कम्पनीले एक विज्ञप्ति निकाल्दै उक्त बोइङ ७६७–३०० विमानमा खराबी आएपछि सानोन विमानस्थलमा आपतकालीन अवतरण गरिएको र उक्त विमानमा रहेका २ सय ७ जना यात्रु र विमान चालक दलका १३ जना सदस्य रहेको जनाइएको छ।  

घटनामा विमान कर्मचारी २ सहित १६ जना घाइते भएका छन्। टेक्ससको होस्टनबाट लण्डनको हिटथ्रोका लागि विमान उडेको थियो।

एयरलाइन्सले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘घाइते सबैको शीघ्र स्वास्थ लाभको कामना गर्दछौँ।’

 

प्रकाशित: १५ भाद्र २०७३ ०९:४० बुधबार

युनाइटेड एयरलाइन्सको विमान आपतकालीन अवतरण १६ घाइते