अन्तर्राष्ट्रिय

विवाहको झुटो समाचार प्रशारण गरेपछि पाकिस्तानमा १३ टेलिभिजनलाई कारबाही

इस्लामाबाद– पाकिस्तानमा पूर्व क्रिक्रेटर तथा नेता इमरान खानको विवाहको झुटो समाचार प्रशारण गरेको भन्दै १३ टेलिभिजनलाई कारबाही गरिएको छ । संचार माध्यमका अनुसार पाकिस्तान तहरिक इ इन्साफका नेता खानले झुटो समाचार प्रशारण गरेको भन्दै १३ टेलिभिजनलाई कारबाहीको माग गर्दै मुद्दा दर्ता गराएका थिए।

खानको मुद्दापछि अनुगमन थालेको पाकिस्तानको इलेट्रोनिक मिडिया रेगुलेटरीका अधिकारीहरुले १३ टेलिभिजनले गल्ती गरेको भन्दै उनीहरुलाई जनही ५–५ लाख जरिवाना तिर्न आदेश दिँदै जरिवाना नतिर्ने टेलिभिजनको प्रशारण अनुमति रद्द गरिने बताएको हो ।

कारबाहीमा परेका टेलिभिजनमा दुनिया न्युज, जियो न्युज, नियो न्युज, रोयल न्युज, खैबर न्युज,च्याननल ९२, च्यानल २४, न्युज वान, सच टेलिभिजन, रोज न्युज, च्यानल–५ र जियो टेक रहेका छन् । उनीहरुले जुलाई १२ मा ६३ वर्षीय खानले लण्डनमा तेस्रो विवाह गरेको समाचार प्रशारण गरेका थिए । खानले भने हालै एक अन्तरवार्तामा आफ्नो विवाह गर्ने कुनै सोच नरहेको बताएका थिए।

 

प्रकाशित: १३ भाद्र २०७३ ०४:५३ सोमबार

विवाहको झुटो समाचार प्रशारण गरेपछि पाकिस्तानमा १३ टेलिभिजनलाई कारबाही