अन्तर्राष्ट्रिय

स्वाइन फ्लुले एक हजार ७ सय ५५ को मृत्यु

रियो डे जेनेरो- ब्राजिल गएको जनवरी १ बाट अगस्त १३ सम्ममा स्वाइन फ्लुको भाइरस एच१एन१ को सङ्क्रमणबाट एक हजार ७७५ व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ ।

उक्त मन्त्रालयद्वारा बिहीबार प्रकाशित तथ्यांकअनुसार यस रोगबाट सन् २००९ यता भएको मृत्युमा यो सबैभन्दा धेरै हो ।

विश्व स्वास्थ्य सङ्गठनले जारी गरको तथ्याङ्कअनुसार ब्राजिलमा सन् २००९ मा २ हजार व्यक्तिको मृत्यु भएको थियो । रासस÷सिन्ह्वा

प्रकाशित: ११ भाद्र २०७३ ०४:५९ शनिबार

स्वाइन फ्लुले ५५ को मृत्यु