अन्तर्राष्ट्रिय

नेपालीलाई चौकीदारसँग तुलना गरेको भन्दै फ्लिपकार्ड विरुद्ध मुद्दा दर्ता

नयाँ दिल्ली–हालै सार्वजनिक भएको एक विज्ञापनमा नेपालीको अपमान गरेको भन्दै गोरखा समाजले भारतीय अनलाइन सपिङ कम्पनी फ्लिपकार्ड विरुद्ध मुद्दा दर्ता गरेको छ।

गोरखा युवा तथा विद्यार्थी संगठनले उक्त नयाँ विज्ञापनमा एक बालकलाई  नेपाली भादगाउँले टोपीमा चौकीदारको रुपमा प्रस्तुत गरेको र त्यसले विश्वभर रहेका सारा नेपालीको अपमान भएको भन्दै दिल्ली प्रहरीमा मुद्दा दर्ता गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। गोरखा समाजले फ्लिपकार्डले जातिवादलाई प्रोत्साहन दिएको भन्दै उक्त कम्पनीले तत्काल माफी माग्नु पर्ने र उसका विरुद्ध तत्काल कारवाही  सुरु गर्न माग गरेको छ।

गोरखा युवा तथा विद्यार्थी संगठनले उक्त नयाँ विज्ञापनमा एक बालकलाई  नेपाली भादगाउँले टोपीमा चौकीदारको रुपमा प्रस्तुत गरेको र त्यसले विश्वभर रहेका सारा नेपालीको अपमान भएको भन्दै दिल्ली प्रहरीमा मुद्दा दर्ता गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

 

उक्त विज्ञापनमा एक बालकलाई चौकीदारको पोसाकमा नेपाली भादगाउँले टोपीमा  देखाइएको छ। गोरखा समाजले दर्ता गरेको पत्रमा भनिएको छ, ‘धेरै जसो हिन्दी चलचित्रमा गोरखालीलाई चौकीदारको रुपमा प्रस्तुत गरिन्छ, उनीहरुलाई चौकीदारको पोसाकमा भादगाउँले टोपी लगाएको देखाइन्छ र यसले सबैको दिमागमा गोरखाली चौकीदार हुन् भन्ने ठान्दछन्  के भादगाउँले टोपी लगाउने सारा नेपाली चौकीदार हुन्?

गोरखा युवा तथा विद्यार्थी संगठनका एक सदस्य दिनेश शर्माले भने,‘मलाई लाग्छ नेपालीलाई हेपिएको छ किन भने हाम्रो पहिचान रहेको भादगाउँले टोपी लगाई विज्ञापनमा एक चौकीदार प्रस्तुत गरिएको छ, के भारतीय शिख समुदायको पहिचानका रुपमा रहेको पगडीलाई प्रस्तुत गर्न सक्दैनथे त उनीहरु ? यो हामीलाई जातीयताकै आधारमा अपमान गरिएको हो।’

भिडियो हेर्नुस्

नेपालीलाई चौकीदारसँग तुलना गरेको भन्दै फ्लिपकार्ड विरुद्ध मुद्दा दर्ता