अन्तर्राष्ट्रिय

इटालीमा ६.२ रेक्टर स्केलको भूकम्प

रोम –इटालीको राजधानी रोम नजिकैको शहर  पेरुगेएको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.२  रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएुजिएसले बताएको छ।

स्थानीय समय अनुसार बिहान ३ बजेर ३६ मिनेट जाँदा  पेरुगेएको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर  देखि ६.२  रेक्टर स्केलको भूकम्प गएको र यसको गहिराई १० किमी भएको युएुजिएसले जनाएको छ ।

भूकम्पको धक्का २० सेकेण्डसँग महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतीको विवरण भने हाल सम्म आएको छैन । तर इटालीका केही संचार माध्यमले भूकम्पमा परी २ जनाको मृत्यु भएको र अन्य मानिस भत्किएका भवनमा हुनसक्ने अनुमान गरेको जनाएको छ।

 

प्रकाशित: ८ भाद्र २०७३ ०५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App