अन्तर्राष्ट्रिय

विवाह समारोहनजिक बम विस्फोट हुँदा ३० को मृत्यु

गाजिआनटेप- टर्कीको दक्षिणी सहर गाजिआनटेपको एक विवाह समारोहनजिक भएको बम विस्फोटमा परी ३० जनाको मृत्यु भएको छ। उक्त सहरमा चलिरहेको एक विवाह समारोहमा आत्मघाति बम विस्फोट गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

विष्फोटमा ३० जनाको ज्यान गएको छ भने ९४ जनाभन्दा बढी घाइते छन्। टर्कीका उपप्रधानमन्त्री मेहमद सिमसेकले उक्त आत्मघाति हमलालाई आतंकबादको संज्ञा दिएका छन्।

टर्की सरकारले घटनामा इस्लामिक स्टेको संलग्नता भएको बताएको छ। तर यसको जिम्मेवारी हालसम्म कसैले लिएको छैन।

सिरियाबाट ४० किलोमिटर दूरीमा रहेको उक्त सहरमा कुर्दिस समुदायको बाहूल्य छ।

प्रकाशित: ५ भाद्र २०७३ ०५:३३ आइतबार

विवाह समारोहनजिक बम विस्फोट हुँदा ३० को मृत्यु