अन्तर्राष्ट्रिय

तालिवानद्वारा अफगानिस्तानको एक दक्षिणी जिल्ला कब्जा

कुन्दुज–फगानिस्तानमा करिब डेढ दशकदेखि हत्या हिंसा चलाइरहेका तालिवानहरुले अफगानिस्तानको उत्तरतर्फको एक जिल्ला कब्जा गरेको छ ।

उनीहरुले अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुज प्रान्तको नजिक रहेको खान अबाद जिल्लालाई शनिबार कब्जा गरेका बताइएको छ । त्यसअघि सो जिल्लामा गएको रातिदेखि नै व्यापक मात्रामा भिडन्त भएको थियो ।

उक्त जिल्लाका कार्यकारी अधिकारी क्वादरतुल्लाह साफीले सो जिल्लामा तालिवानहरुको आक्रमण निरन्त रहेको र सो अवसरमा केही प्रहरी र तालिवान आतङ्ककारी पनि मारिएका बताएका छन् ।

उनकाअनुसार शनिबार बिहानैदेखि बजारदेखि कैयौं क्षेत्रमा दर्जनौँको सङ्ख्यामा रहेका तालिवानहरुले कब्जा जमाएका थिए । उनीहरुले बजार इलाकालाई कब्जा जमाएका बताइएको छ ।

उक्त जिल्ला प्रान्तीय सदरमुकाम कुन्दुज सहरबाट २५ किलोमीटर पूर्वमा पर्दछ । तखार र कुन्दुज प्रान्तलाई जोड्ने यो प्रमुख सहर हो । त्यसैले यसलाई एक सामरिक महत्वको जिल्लाकारुपमा पनि लिइएको थियो ।

उक्त जिल्ला कब्जागर्ने रणनीतिस्वरुप उनीहरुले बिगत लामो समयदेखि सुरक्षा निकायसँग भिडन्त गर्दै आएका थिए । सो भिडन्तका क्रममा यसअघि पनि कैयौँको ज्यान गएको छ । रासस/सिन्ह्वा

प्रकाशित: ४ भाद्र २०७३ १०:२८ शनिबार

तालिवानद्वारा अफगानिस्तानको दक्षिणी जिल्ला कब्जा