अन्तर्राष्ट्रिय

सिरियाको सरकारी जेलमा १८ हजार कैदी मारिए: एमनेस्टी

दमासकस– सिरियाको सरकारले नियन्त्रणमा लिई सरकारी जेलमा १८ हजार कैदी मारिएको एमनेस्टी इन्टरनेशनलले जनाएको छ।
एकमेस्टीले बिहीबार सार्वजनिक गरेको एक अध्ययनका अनुसार सरकारी चरम यातना तथा बालात्कारका कारण उनीहरुको ज्यान गएको हो ।

एमनेस्टीले उक्त जेलमा चरम यातना भोगी बाच्न सफल ६५ कैदीलाई गरेको सोधपुछपछि अध्ययन तयार पारेको जनाएको छ । उसले यस्तो मानवता विरोधी कार्य रोक्न सिरियालाई दबाब दिन विश्व समुदायसँग अपिल गरेको छ ।

एमनेस्टीले सन् २०११ देखि २०१५ सम्मको तथ्याङकलाई समेटेर अध्ययन तयार पारेको जनाएको छ। उक्त अध्ययनका अनुसार सरकारी नियन्त्रणमा दैनिक १० र मासिक ३०० कैदीकोे मृत्यु हुने गरेको जनाएको छ । सिरियाली सरकारले भने आफूले मानवताविरोधी कार्य नगरेको बताउँदै आएको छ ।

 

प्रकाशित: २ भाद्र २०७३ ०५:५९ बिहीबार

सिरियाको सरकारी जेलमा १८ कैदी मारिए एमनेस्टी