अन्तर्राष्ट्रिय

बोको हरामले आफ्नो कब्जामा रहेका छात्राहरुको भिडियो सन्देश प्रसरण

एजेन्सी–नाइजेरियाको  इस्लामक समूह बोको हरामले आफ्नो अपहरण गरी कब्जामा रहेका चिबोक  छात्राहरुको भिडियो सन्देश प्रसरण गरेको छ। उक्त  भिडियोमार्फत बोको हरमाले सरकारी सेनाले नियन्त्रणमा लिएका आफ्ना लडाकुहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । छात्राहरुको अपहरण पछि विद्रोही समूहले प्रशारण गरेको यो तेस्रो भिडियो हो ।

उक्त समुहले चिबोकको उक्तरी सहरबाट २ सय ७६ छात्रालाई नियन्त्राणमा लिएको थियो । त्यसमध्य अझै २ सय १९ छात्रा उनीहरुको कैदमा रहेको  अनुमान गरिएको छ । उक्त भिडियो सन्देशमा एक छात्राले भनेकी छन्, ‘हामी हाम्रा  अविभावकलाई यति भन्न चाहान्छौं   सरकारसँग कुरा गर्नुस् र हामीलाई चाडो भन्दा चाडो यहाँबाट छुटाउनु होस् ।’

 

प्रकाशित: ३१ श्रावण २०७३ ०५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App