अन्तर्राष्ट्रिय

हेलिकोप्टर दुर्घटनामा युक्रेनी गृहमन्त्रीको मृत्यु

तस्बिर: बीबीसी

युक्रेनमा भएको हेलिकोप्टर दुर्घटनामा गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा युक्रेनका गृहमन्त्री डेनिस मोनास्टिरस्कीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उनीसँगै गृह मन्त्रालयका दुई अधिकारीको पनि मृत्यु भएको छ। दुर्घटना युक्रेन–रुस युद्धसँग सम्बन्धित रहेनरहेको विषयमा अझै प्रस्ट भएको छैन।

युक्रेनका राष्ट्रपति भोलोमिर जेलेन्स्कीले दुर्घटनाको दुःख शब्दमा व्यक्त गर्न नसकिने बताउँदै यसलाई ‘कालो बिहानी’ भनेका छन्। मृत्यु हुनेमा नौ जना हेलिकोप्टरमा सवार यात्रु छन्। बाँकीको हेलिकोप्टर भुइँमा खस्दा किचिएर मृत्यु भएको बताइएको छ। मृत्यु भएकामध्ये ३ बालबालिका छन्। किभका गभर्नर ओलेक्सी कुलेवाले दुर्घटनाका कारण १८ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। दुर्घटनामा २५ जना घाइते भएका छन्।

प्रकाशित: ५ माघ २०७९ ००:४४ बिहीबार