अन्तर्राष्ट्रिय

ट्रम्पको चुनावी अभियान खर्च रोक्न माग

वासिङटन— रिपब्लिकन पार्टीका केही सदस्यहरुले आफ्ना पार्टीका तर्फबाट राष्ट्रिपतिको निर्वाचनका उमेद्वार रहेका डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई दिइएको खर्च काटौती गर्न माग गरेका छन्।

रिपब्लिकन पार्टीका राष्ट्रिय कमिटीलाई पठाइएको पत्रमा ७० जना रिपब्लिकनले हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेमा अधिकांश पुर्व डेमोक्रयाट सदस्यहरु रहेका छन्।

उनीहरुले ट्रम्पको उत्तेजित र अपरिपक्क व्यवहारले नोभेम्बरमा राष्ट्रिपतीय निर्वाचनमा आफ्नो पार्टी पछि पर्ने डर रहेको बताएका छन्।

वितेका केही हप्तादेखि रिपब्लिकन पार्टीका केही वरिष्ट नेताहरुले ट्रम्पको अभिव्यक्ती आपत्तीजनक भएको भन्दै तत्काल उनीविरुद्ध केही कदम चाल्न आग्रह गरेका थिए।

 

प्रकाशित: २८ श्रावण २०७३ ०९:३५ शुक्रबार

ट्रम्पको चुनावी अभियान खर्च रोक्न माग