अन्तर्राष्ट्रिय

एलिप्पोका स्वास्थकर्मीद्वारा ओबामालाई सहयोगकालागि आग्रह

दमासकस– चरम गृहयुद्धबाट गुर्जिरहेको सिरियाका चिकित्सकहरुले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई एलिप्पो शहरमा स्वास्थ्य सामाग्री सकिँदै गएकाले तत्काल राहत उपलब्ध गराउन अपिल गरेका छन्।

उनीहरुले सामुहिक पत्र लेख्दै एलिप्पो  दैनिक रुपमा भइरेहेको हवाई आक्रमणका कारण  स्वास्थ्य सामाग्री सकिँदै  गएको र चाँडै यसको चरम अभाव हुने भन्दै उनीहरुले तत्काल उक्त स्थानलाई हवाइ निषेधित क्षेत्र घोषणा गर्न माग गरेका हुन्। उक्त पत्रमा २७ जना चिकित्सकले हस्ताक्षर गरेका छन् ।

उनीहरुले  विद्रोही  विरुद्धको आक्रमण भन्दै अस्पताल जस्तो अति संवेदनशिल क्षेत्रमा पनि आक्रमण नरोकिएको भन्दै त्यसको आलोचना गरेका छन्। उनीहरुले यही गतिमा अस्पताल र चिकित्सकमाथि आक्रमण जारी रहे अबको एक महिनापछि नै त्यस क्षेत्र चिकित्सकरहित हुने खतरा रहेको बताएका छन् ।

हाल विद्रोही समुहको कब्जामा रहेको उक्त सहरमा अमेरिका र रुसले हवाई आक्रमण गर्दै आएका छन् । यता रुसले भने दैनिक तीन घण्टाका लागी हवाई आक्रमण रोक्ने जनाइसकेको छ ।

 

प्रकाशित: २७ श्रावण २०७३ ०५:५५ बिहीबार

एलिप्पोका स्वास्थकर्मीद्वारा ओबामालाई सहयोगकालागि आग्रह