अन्तर्राष्ट्रिय

इथियोपियामा प्रहरीले प्रर्दशनकारीमाथि गोली चलाउँदा १ सय भन्दा बढीको मृत्यु

बाहिरदार–इथियोपीयाको उत्तरी शहर बाहिरदारमा सरकार विरोधी प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले गोली चलाउँदा  सय जना भन्दा बढीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। साथै सुरक्षाकर्मीले प्रर्दशनमा सहभागी भएको भन्दै दर्जनौं मानिसलाई पक्राउ समेत गरेको छन्।

संचारमाध्यले  सरकार विरोधी शान्तिपूर्ण  प्रर्दशनमा सुरक्षाकर्मीले गोली चलाएको बताएका छन्। गत शुक्रबार इथियोपियन प्रधानमन्त्री  हाइलि मारियम डिसाल्जेनले सरकार विरुद्धको प्रर्दशनमा प्रतिबन्धको घोषणा गर्दै सुरक्षाकर्मीलाई त्यस्ता खाले प्रर्दशन रोक्न आवश्यक जस्तोसुकै कदम चाल्न निर्देशन दिएका थिए।

उक्त निर्देशनपछि सुरक्षाकर्मीले प्रर्दशन दबाउने क्रममा गोली चलाएको हुनसक्ने संचार माध्यले जनाएका छन्।
प्रर्दशनकारीले इथियोपियन पिपुल्स रिभोलुन्टरी डेमोक्रयाटिक फ्रन्ट र क्रियाजन पिपुल्स लिभरेशन फ्रन्टको संयुक्त सरकारले  राजीनामा दिनुपर्ने माग राख्दै गत शुक्रबारबाट सरकार विरद्ध प्रर्दशनमा उत्रिएका थिए।

 

प्रकाशित: २६ श्रावण २०७३ ०६:३९ बुधबार

इथियोपियामा प्रहरीले प्रर्दशनकारीमाथि गोली चलाउँदा भन्दा बढीको मृत्यु