अन्तर्राष्ट्रिय

डिएचएलको कार्गो विमान अनियन्त्रित भई सडकमा दुर्घटनाग्रस्त

इटाली— एक कार्गो जेट विमान धवनमार्गबाट अनियन्त्रित भई विमानस्थल नजिकैको सडकमा दुर्घटनाग्रस्त भएको छ। पेरिसबाट इटालीको ब्रमेगो विमास्थलका लागि उडेको एएसएल विमानको बोइङ ७३७—४०० अवतरणका क्रममा विमानस्थलको धवनमार्गबाट अनियन्त्रित भई विमानस्थल नजिकैको सडकमा दुर्घटनाग्रस्त भएको हो अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

संचार माध्यमले खराब मौसमका कारण कार्गाे विमान दुर्घटनाग्रस्त भएको बताएका छन्। संचार माध्यमका अनुसार उक्त विमानका तीन विमान कर्मचारी रहेको र सबै सकुशल रहेको बताएका छन्।

घटनापछि उक्त विमानस्थल बन्द गरिनुका साथै अन्य उडानसमेत रद्द गरिएको विमानस्थलका अधिकारीहरुले जनाएका छन्।

 

 

प्रकाशित: २१ श्रावण २०७३ ०७:५८ शुक्रबार

डिएचएलको कार्गो विमान अनियन्त्रित भई सडकमा दुर्घटनाग्रस्त