अन्तर्राष्ट्रिय

टर्की सरकारद्वारा पक्राउ गरिएका ७ सय ५८ जना रिहा

इस्तानवुल–टर्की सरकारले जुलाई १५ मा भएको सैनिक ‘कू’ को प्रयासमा संलल्न भएको भन्दै पक्राउ गरेको ७ सय ५८ लाई रिहा गरेको सरकारी संचार माध्यमले जनाएको  छ।

शनिबार इस्तानबुलको अदालतमा पेश गरिएका उनीहरुले ‘कू’ मा आफ्नो संलग्नता नरहेको बताएपछि न्यायाधीशले उनीहरुलाई तत्काल रिहा गर्न आदेश दिएका थिए। रिहा हुनेमा सैनिक, विद्यार्थी, संचारकर्मी तथा अन्य कर्मचारी रहेका छन्। टर्की सरकारले सैनिक ‘कू’ मा संलग्न रहेको भन्दै सैनिक, विद्यार्थी, संचारकर्मी तथा अन्य कर्मचारीहरु गरी करिव १५ हजार ८ सय ४६ जनालाई पक्राउ गरेको थियो।

हाललाई अन्य बन्धक माथि अनुसन्धान भैरहेको र कानुनी पक्रियापछि उनीहरुलाई पनि निर्दोष भएको खण्डमा रिहा गरिने सरकारले जनाएको छ । टर्की विस्तारै सामान्य अवस्थातर्फ उन्मुख भएको संचार माध्यमले जनाएका छन्। यसअघि राष्ट्रपति रिसेफ तैयप एर्दोआनल शुक्रबार मात्रैे विगतमा आफ्ना विरुद्ध अपमान गर्ने नागरिकमाथि दर्ता गरिएको करिब २ हजार मुद्दा फिर्ता लिने घोषणा गरेका थिए।

 

प्रकाशित: १६ श्रावण २०७३ ०५:१० आइतबार

टर्की सरकारद्वारा पक्राउ गरिएका ५८ जना रिहा