अन्तर्राष्ट्रिय

चक्कु हानी १९ को हत्या

जापान–जापानमा अपाङ्गता भएकाहरुको आवसीय सेवा केन्द्रमा गरिएको चक्कु हमलामा कम्तीमा १९ जना मारिएका छन् । घाइते २० मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ । सगामिहारा शहरमा मंगलबार सबेरै उक्त घटना भएको हो । उक्त आक्रमणको जिम्मा लिदैँ प्रहरी चौकीमा उपस्थित भएको हमलाकारीलाई पक्राउ गरिएको छ । आक्रमणकारीको नाम सातोशी उइमात्सु हो ।

उक्त हमला जापानले हालसम्म नै बेहोरेको खराब आमहत्या मध्ये एक हो । २६ वर्षिय हमलाकारी टोक्योबाट २५ माइल दक्षिण पश्चिममा रहेको शुक्युइ यामायुरी गार्डेनको पूर्व कर्मचारी भएको बताइएको छ । मानसिक रुपमा अशक्त भएका व्यक्तिहरु राखिने उक्त केन्द्रमा स्थानीय समय अनुसार बिहानको अढाइ बजे प्रवेश गरी उसले त्यहाँ बसिरहेका मानिसहरुलाई चक्कुले हमला गरेको थियो ।

झण्डै १४९ जना मानिसहरु स्थायी बसोबास गर्ने गरेको उक्त केन्द्रमा त्यस बेला आठ जना काममा खटिएका थिए । आक्रमण गरेपछि प्रहरी चौकीमा आएर उसले हमलाको जिम्मा लिएको बताइएको छ । उक्त आवास केन्द्रको पूर्व कर्मचारी रहेको सो व्यक्तिले प्रहरीलाई आफूले अपाङ्गता भएका व्यक्तिहरु संसारबाट लोप भएको हेर्न चाहेको बताएको थियो ।

शुक्युइ यामायुरीले गत फ्रेब्रुअरीमा राजनीतिज्ञलाई चिठ्ठी लेख्दै अपाङ्गता भएका सयौंलाई मार्ने धम्की दिएको क्योदो समाचार संस्थाले जनाएको छ । ‘मेरो लक्ष्य भनेकै अपाङ्गता भएका व्यक्तिलाई खत्तम गर्ने हो । यदि उनीहरु घरमा बस्न सक्दैनन् र समाजमा पनि सक्रिय हुन सक्दैनन् भने परिवारको स्विकृतिमै उनीहरुलाई यो संसारबाट विदा गर्नु मनासिब हुन्छ,’ सातोशीले लेखेको चिठ्ठी उद्दृत गर्दै क्योदोले लेखेको छ ।

सातोशी दुई हप्ता अघि मात्र अस्पतालबाट डिस्चार्ज भएको पनि क्योदोले जनाएको छ । सहरका गर्भनरले चेतावनीका बावजुद पनि कद नचालेकोमा जनतासँग माफी मागेका छन् । राजधानी टोकियोबाट ५० किलोमिटर दूरीमा रहेको सो अपाङ्गता केन्द्रमा आक्रमणकारी बिहानै पुगेको र आफूसँग लिएर आएका चक्कुले धमाधम आक्रमण थालेको थियो । आक्रमणकारीले करिब ४० मिनेट चक्कु हानेको थियो । केन्द्रमा १९ वर्षदेखि ७० वर्षसम्मका मानिस आश्रित थिए । मर्नेमा महिला र पुरुष बराबरी रहेको त्यहाँका समाचार संस्थाले जनाएका छन् ।
आक्रमणपछि आक्रमणकारी स्वयं गाडी हाँकेर प्रहरी कार्यालय गएर आफूलाई समर्पण गरेको थियो । आक्रमण हुँदाका बखत आठ जना कर्मचारी काम गरिरहेको थिए ।

प्रहरीले घटनामा आतंकवादीको संलग्नतालाई अस्विकार गरेको छ । सामूहिक हत्या जापानमा विरलै हुन गर्छ । यसअघि तीन पटकमात्र जापानमा एकसाथ धेरै मान्छे मारिएको इतिहास छ । जापानमा यसअघि सन् १९९५मा ग्याँस लिक हुँदा १३ जनाको मृत्यु भएको थियो भने सन् २००१मा मानसिक रोगीले ८ जना बालबालिकाको हत्या गरेको थियो । त्यसैगरी सन् २००८ मा एउटा मानिसले भीडमा अन्धाधुन्ध ट्रक चलाउँदा ७ जनाका मृत्यु भएको थियो ।  

 

प्रकाशित: १२ श्रावण २०७३ ०६:५४ बुधबार

चक्कु हानी १९ को हत्या