अन्तर्राष्ट्रिय

टर्की ‘कू’ प्रयासः राष्ट्रपतिलाई स्मार्टफोनले बचायो !

इस्ततानबुल–सैनिकको एक खेमाले गरेको ‘कू’ को प्रयासको केही घण्टापछि अपदस्थ भनिएका टर्कीका राष्ट्रपति रिसेफ तैइयप एर्दौआनले सर्वसाधरणलाई सडकमा उत्रन र प्रजातन्त्रको रक्षा गर्न आह्वान गरे। तर एर्दौआनले सर्वसाधरणलाई उक्त अपिल कुनै सरकारी संचार माध्यमबाट गरेका थिएनन्। यसका लागि उनले आफ्नो स्मार्टफोनको प्रयोग गरेका थिए। उनको उक्त लाइभ भिडियो सिएनएन टर्कीले प्रसारण गरेको थियो।

एर्दौआन अझै सक्तामै छन् र ‘कू’ को प्रयास गर्ने सैनिक अधिकारीहरु टर्कीको जेलमा । यसको एउटै कारण हो उनले आफ्नो स्मार्टफोनमार्फत सामाजिक संजाल प्रयोग गरी जनतालाई सडकमा उत्रन अपिल गरे र यसमा सफल पनि भए। ‘कू’ को प्रयास गर्ने सेैनिक खेमा असफल हुनुमा जनता र राजनीतिक साथ नहुनु एक कारण हुनसक्छन्।

तर प्रमुख कारण भनेको उनीहरुले सामाजिक संजाललाई बेवास्ता गर्नु हो।
‘कू’ को प्रयास सफल पार्न उनीहरुले शुक्रबार रातिबाट नै इस्तानबुलको पुल तथा अटाटुर्क विमानस्थलमा घेरा हाल्नुका साथै अंकारामा रहेको राष्ट्रिपति भवन अगाडि सैनिक ट्याँक्क तयारीका साथ राखेको थिए।
 

साथै उनीहरुले केही संचार माध्यमलाईसमेत नियन्त्रणमा लिएका थिए। तर उनीहरुले टिव्टर, फेसबुकजस्ता सामाजिक संजालमा को महत्व र पहँुचको मुल्याङकन गर्न सकेनन्। जसको परिणाम स्वरुप टर्कीका सर्वसाधरणले सामाजिक संजालको प्रयोग गरी ‘कू’ को प्रयासको समचार आदान प्रदान गरे र ‘कू’ को प्रयास व्यर्थ तुल्याइ दिए।

एर्दौआनको सन्देश प्रत्यक्ष प्रसारण गरेको सिएनएन टर्कीका समाचार वाचक वसक सेनग्युलले टर्कीका सर्वसाधरणलाई टर्की संकटमा रहेको र प्रजातन्त्र रक्षाका लागि उत्रने आह्वान गरेका थिए।

सैनिक ‘कू’ असफल पार्न राष्ट्रपति एर्दौआनको सन्देशले महत्वपूर्ण भूमिका खेल्यो। साथै उनको सो सन्देशपछि अन्य राजनीतिज्ञले पनि जनतालाई सडकमा उत्रिएर सैनिका विरुद्ध उत्रन अपिल गरेका थिए। उनीहरुको उक्त सन्देशपछि टर्कीका सर्वसाधरणहरु कफ्र्युको विरुद्धमा सडकमा उत्रिएर सैनिक ‘कू’ लाई असफल सावित गरी दिए।

 

प्रकाशित: ९ श्रावण २०७३ ०६:५० आइतबार

टर्की कू प्रयासः राष्ट्रपतिलाई स्मार्टफोनले बचायो