अन्तर्राष्ट्रिय

‘टापु चीनको हैन’

फिलिपिन्स–अन्तर्राष्ट्रिय विशेष इजलासले दक्षिणी चीन टापुको मुद्दामा चीनको विपक्षमा फैसला गरेको छ । विशेष इजलासले फिलिपिन्सको पक्षमा फैसला गर्दै समुन्द्रमा चीनको अधिकार प्रमाणित गर्ने प्रमाण नभएको जिकिर गरेको हो । अदालतले गरेको फैसलाले चीनले फिलिपिन्स सम्प्रभुतामाथि हस्तक्षेप गरेको पनि बताएको छ ।

चीनले इजलासको फैसलामा टिप्पणी गर्दै  अदालतले पर्याप्त प्रमाण बिनै  निर्णय गरेको बताए । योसँगै चीनले विशेष इजलासको फैसला नमान्ने पनि घोषणा गरेको छ । चीनले यसअघि आफ्नो बयान समेत इजलासमा दर्ता गर्न अस्विकार गरेको थियो । चीनले समन्द्रमाथि आफ्नो दावीलाई सही प्रमाणित गर्न पछिल्ला केही वर्षयता नक्कली टापु निर्माणको काम गरिरहेको थियो ।

चीनले लगभग पुरै दक्षिणी चीन सागरमाथि दावी गर्दै आएको छ । जसमा मुंगको चट्टान र टापु पनि सामेल छन् । तर यसमा अरु देशले पनि दावी गर्दै आएका छन् । चीनले भनेको छ अन्र्तराष्ट्रिय अदालतले यो क्षेत्रलाई लिएर चीनको सम्प्रभुताको दावीमाथि जे सुकै फैसला गरेपनि उसले समुन्द्रमाथिको दावा छोड्ने छैन ।

चीनको रक्षा मन्त्रालयले चीनको सशस्त्र सेना धमकी तथा अवश्यंभावी लडाईका लागि समेत तयार छन् । अदालतयको यो फैसला समुन्द्रको नियम सम्बन्धी संयुक्तराष्ट्र सन्धी अन्तर्गत हेग अदालतले गरेको हो । सन्धीमा दुवै देशले हस्ताक्षर गरेका छन् ।

अदालतले फैसला गरेपनि चीनले नमानेमा उसलाई कसरी बाध्य बनाउने भन्ने चाहिँ अदालतको हातमा छैन । तर निर्णय नआउँदै अमेरिकाले युद्धक विमान  त्यो क्षेत्रमा तैनाथ गरेको थियो । त्यसैगरी चाइनिज समुन्द्री सेनाले पनि विवादित क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको छ ।
फिलिपिन्सको तर्फबाट मुद्धा लडिरहेका वकिल फिलिपे सान्डस्ले अदालतले  विधिको शासन अन्तर्गत रहेर पीडितका पक्षमा निर्णय दिएको बताएका छन् । फिलिपिन्सको तीन वर्ष अघिको सरकारले यो मुद्दालाई अन्र्तराष्ट्रिय अदालतमा लैजाने निर्ण गरेको थियो ।

तर सो सरकार फेरिएर रोड्रिगो डुर्टेतको सरकार आएपछि उनले चीनसँग झगडा गरेर भन्दापनि समझदारी गरेर यो मुद्दालाई सल्टाउन खोेजेको अनुमान गरिएको छ । चीन सरकारले डुर्टेतलाई चिनियाँ लगानीको आश्वासन दिएका कारण पनि डुर्टेतले यो मामलालाई चुपचाप सल्टाउन खोजेको विज्ञहरुको टिप्पणी छ ।

 

प्रकाशित: २९ असार २०७३ ०२:३९ बुधबार

टापु चीनको हैन