अन्तर्राष्ट्रिय

साउदीमा २४ घण्टामा तीन आत्मघाती विस्फोट

रियाद-साउदी अरेवियामा बितेको २४ घण्टामा तीन सहरमा शृंखलाबद्ध आत्मघाती बम विस्फोट गराइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। आत्मघाती विस्फोटका तीन घटना मध्य दुई वटा असफल प्रयास भएका थिए। तेस्रो आक्रमणमा भने चार जना मारिएका छन्। तीनवटै आक्रमण साउदी र पश्चिमेली सुरक्षाकर्मीलाई लक्षित गरी गरिएको थियो।

पहिलो आक्रमण जेद्द स्थित अमेरिकी वाणिज्य दुतावास नजिक गरिएको थियो। जसमा आत्मघाती हमलाकारीको मृत्यु भएको थियो भने केही सुरक्षाकर्मी घाइते भएका थिए। आत्मघाती विस्फोट गराउने व्यक्ति पाकिस्तानी नागरिक अब्दुल्लाहा क्लाजार खान भएको साउदी सरकारी  अधिकारीले बताएका छन्। दिनको दोस्रो आक्रमण भने क्वातिफमा गराइएको थियो। उत्त शहरको सिटी मस्किउमा आत्मघाती बम विस्फोटन गराउन खोज्ने व्यक्तीलाई सुरुक्षाकर्मीहरुले पक्राउ गर्न खोजेपछि विस्फोट भएको थियो।

उक्त विस्फोटमा हमलाकारीको मृत्यु भएको छ। दिनको तेस्रो विस्फोट मेडिनामा गरीएको थियो, जहाँ चार जनाको मृत्यु हुनुका साथै एक जना गम्भिर घाइते भएका थिए। पैगम्बर मोहम्मदको समाधीस्थल रहेको उक्त शहर इस्लामहरुमाझ प्रमुख शहरका रुपमा लोकप्रिय छ।
इस्लामिक स्टेट आइएसआइले आक्रमण गरेको आशंका गरिएपनि हाल सम्म उक्त विस्फोटको जिम्मा कुनैपनि समूहले लिएको छैन ।

 

 

प्रकाशित: २१ असार २०७३ ०६:३९ मंगलबार

साउदीमा २४ घण्टामा आत्मघाती विस्फोट