अन्तर्राष्ट्रिय

हाजी तिर्थयात्रीहरुलाई ई–ब्रास्लेट दिइने

रियाद–साउदी अरेवियाले यस वर्षदेखि विश्वको सवै भन्दा धेरै हाजीहरु जम्मा हुने मक्कामा जाने तिर्थयात्रीहरुलाई ई–ब्रास्लेट दिने बताएको छ।
साउदी प्रेस एजेन्सीले बताए अनुसार उक्त विधुतिय ब्रास्लेटमा व्याक्तिगत विवरण तथा स्वास्थ सम्बन्धी विवरण तथा सूचना राखीएको हुन्छ। जसका माध्यमबाट स्वास्थ अधिकारीहरुले त्यस्ता व्याक्तिहरुको पहिचान गरी आवश्यक सहयोग गर्न उपलब्ध गराउन सक्नेछन्। साथै मेला हुने स्थानमा हजार भन्दा बढि सीसी क्यामेराहरु जडान गरीएको पनि बताइएको छ।
पहिचानका लागी उपलब्ध गराइने ब्रास्लेटमा कुनै पनि व्याक्तिको महत्वपुर्ण जानकारी राखिने छ। जसमा पासपोर्ट नम्बर र ठेगानाको विवरण राखिएको हुन्छ। यसका साथै ब्रास्लेटमार्फत तीर्थयात्रीहरुले सहयोग कक्षमा अरबी भाषाको साथै अन्य भाषाको पनि जानकारी लिन सक्नेछन्।
जिपिएस जडान गरीएको उक्त ब्रास्लेटबारे मन्त्रालयका अधिकारी र सुरक्षा अधिकारीले आफ्नो स्मार्टफोन मार्फत जानकारी पाउने छन्।
यसअघि गत वर्षको मक्कामा भागदौड मच्चदाँ ७५० जना तिर्थयात्रुहरुको ज्यान गएको थियो जसमध्य ४०० भन्दा बढि इराकी नागरिक रहेका थिए । साथै ९०० जना भन्दा बढि घाइते भएपछि साउदी सरकारले कमजोर व्यवस्थापन भएको भन्दै कडा आलोचना भएको थियो।

 

प्रकाशित: २० असार २०७३ ०६:२० सोमबार

हाजी तिर्थयात्रीहरुलाई ई–ब्रास्लेट दिइने