अन्तर्राष्ट्रिय

ढाकाको एक क्याफेमा हमला, २० विदेशी नागरिक बन्धक

बंगलादेशको राजधानी ढाकाको एक क्याफेमा उग्रवादी समूहले हमला गरेर केही मानिसलाई बन्धक बनाएका छन्। प्रारम्भिक रिपोर्ट अनुसार त्यहाँ २० जना विदेशीलाई बन्धक बनाइएको बीबीसीले जनाएको छ।
बन्धक मध्ये ७ जना इटालियन नागरिक रहेको इटली दूतावाशले जनाएको छ। अन्य सञ्चारमाध्यमका अनुसार पाँच जापानी नागरिक समेत रहेका छन्। विशेष प्रहरी बर रेपिड एक्सनका बटालियन कमाण्डर बेनजिर अहमदले हमलाकारीसँग बार्ताको प्रयास भैरहेको बताएका छन्। उक्त क्याफे ढाकामा कफिको लागि चर्चित छ।
सरकारी अधिकारीका अनुसार त्यहाँ गोलावारी हुँदा दुई प्रहरी अधिकारीको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। स्लामिक स्टेटले हमलाको जिम्मेवारी लिएको छ।

 

प्रकाशित: १८ असार २०७३ ०२:३४ शनिबार

ढाकाको क्याफेमा हमला २० विदेशी नागरिक बन्धक