अन्तर्राष्ट्रिय

काबुलमा फेरि अर्को आत्मघाती विस्फोट, ४० को मृत्यु

काबुल —अफगानिस्तानको राजधानी काबुलमा  बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी ४० प्रहरी जवानको मुत्यु भएको छ।
पगमन जिल्लाका गर्भनर मौसा रमतीले  काबुल भन्दा २० किमि पश्चिममा उत्त आत्मघाती विस्फोट गराइएको बताए ।

प्रहरीका जवानहरु चढेको बसमा लक्षित गरी सो विस्फोट गराइएको थियो । प्रहरीका जवानहरु वार्डडकबाट ट्रेनिङपछि राजधानीतर्फ फर्कने क्रममा उत्त विस्फोट गराइएको अधिकारीहरुले जनाएका छन्। विस्फोटमा धेरै व्यक्तीहरु घाइते भएका बताएका छन् ।  सो आत्मघाती विस्फोटको जिम्मा तालिवानले लिएको छ । केही दिन अघि मात्र काबुलमा नेपाली सुरक्षा गार्डहरु चडेको बसमा आत्मघाती विस्पोट गराइएको थियो जसमा परी १३ जना नेपालीको मृत्यु भएको थियो।

 

प्रकाशित: १६ असार २०७३ १२:०७ बिहीबार

काबुलमा फेरि आत्मघाती विस्फोट ४० को मृत्यु