अन्तर्राष्ट्रिय

इस्तानबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मघाती आक्रमण, ३६ को मृत्यु

काठमाडौं- इस्तानबुलको टर्की अतार्कुक अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती आक्रमणमा ३६ जनाको मृत्यु भएको छ। विमानस्थलमा पहिले बन्दुकबाट आक्रमण गरेर आत्मघाती विष्फोट भएको बीबीसीले जनाएको छ।
प्रधानमन्त्री विनाली युलदरमले हमलामा कमसेकम ३६ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। हमलामा ठूलो संख्यमा घाइते भएको जनाइएको छ।
मृत्यु हुनेमा केही विदेशीहरु पनि रहेका छन्। प्रधानमन्त्रीले हमला इस्लामिक स्टेटसँग सम्वन्धित समूहले गरेको संकेत गरेका छन्।
हमला पछि विमानस्थलमा विमान आगमन बन्द गरिएको छ।

 

प्रकाशित: १५ असार २०७३ ०४:०० बुधबार

इस्तानबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मघाती आक्रमण ३६ को मृत्यु