अन्तर्राष्ट्रिय

भारतमा चट्याङबाट ८० को मृत्यु

नयाँ दिल्ली– भारतमा गत दुई दिनयता भारी बर्षापछि परेको चट्याङमा परी कम्तीमा ८० व्यक्तिको मृत्यु भएको एक वरिष्ठ अधिकारीले बुधबार जानकारी दिएका छन्।

यस चट्याङबाट गत सोमबार यता पूर्वी राज्य विहार, झारखण्ड र उत्तरी राज्य उत्तर प्रदेशका व्यक्तिहरुले ज्यान गुमाएका जनाइएको छ।

यस प्राकृतिक प्रकोपमा परी बिहारमा ५३, झारखण्डमा १० र उत्तर प्रदेशमा १७ व्यक्तिको मृत्यु भएको जनाइएको छ। चट्याङ् परी यसरी मारिनेमा प्रायः खेतमा काम गर्ने कृषकहरु रहेका अधिकारहरुले जानकारी दिएका छन्।

भारतमा प्रत्येक वर्ष जुनदेखि सेप्टेम्बरसम्म पर्ने मनसुनी वर्षाको मौसममा बारम्बार चट्याङ पर्ने गरेको पाइन्छ। यस चट्याङ्मा प्रत्येक वर्ष दर्जनौं व्यक्तिले ज्यान गुमाउने गरेका छन्। रासस/सिन्ह्वा

प्रकाशित: ८ असार २०७३ १२:३६ बुधबार

भारतमा चट्याङबाट ८० को मृत्यु