अन्तर्राष्ट्रिय

अमेरिकामाथि आक्रमण गर्ने आइएसको चेतावनी

वाशिंटन–आतंकवादी संगठन आइएसआइएसले अमेरिकामाथि आक्रमण गर्ने चेतावनी दिएको छ। आइएसले नयाँ भिडियो जारी गर्दै अमेरिकामाथि आक्रमण गर्ने चेतावनी दिएको हो।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार आइएसले जारी गरेको भिडियोमा आयरल्याण्डको एक क्बलमा फाइरिंग गर्ने उमर मतिनको तारिफ पनि गरिएको छ। सोही भिडियोमा अमेरिमामाथि आक्रमण गर्ने चेतावनी दिइएको छ। फक्स न्युजका अनुसार आइतबार आइएसले जारी गरेको भिडियोमा अमेरिकामाथि आक्रमण गर्ने चेतावनी दिइएको छ । अफगान मुलका उमर मतिनले फ्लोरिडाको एक क्लबमा  अन्धाधुन्ध गोली चलाउँदा ४९ जनाको मृत्यु भएको थियो। सो घटनाको एक हप्तापछि आइएसले भिडियो जारी गर्दै अमेरिकामाथि आक्रमणको चेनावनी दिएको हो। मतिनले आक्रमणका क्रममा आइएससँग आफ्नो सम्बन्ध रहेको बताएका थिए। भिडियोमा अमेरिकी लडाकु मुस्लिमलाई आक्रमण गर्न उक्साउँदै गरेको दृष्य देखाइएको छ। भिडियोमा मतिनको कामबाट प्रभावित हुन आग्रह गरिएको छ।

 

प्रकाशित: ७ असार २०७३ ०५:४५ मंगलबार

अमेरिकामाथि आक्रमण गर्ने आइएसको चेतावनी