अन्तर्राष्ट्रिय

जापानमा अमेरिकी सेना विरुद्ध प्रदर्शन

जापान- जापानको ओकिनावा द्विपमा रहेका अमेरिकी सेनालाई फिर्ता पठाउनु पर्ने माग राख्दै हजारौ जापानी सडकमा उत्रिएका छन्। आइतबार मात्र दस हजार बढीले प्रदर्शनमा सहभागिता जनाएको जापानी समाचार संस्थाले जनाएका छन्। 
केही समय पहिले पूर्व अमेरिकी सैनिकले २० वर्षीय रीना शिमाबकुरोको बलात्कार गरेर हत्या गरेको समाचार बाहिरिएसँगै अमेरिकी सैनिकको उपस्थितिलाई लिएर चिढिएका  जापानीहरु उनीहरुलाई फिर्ता पठाउनु पर्ने भन्दै मैदानमा उत्रिएका हुन्। यो घटनापछि ओकिनावामा अमेरिकी सैन्य अड्डाको उपस्थितिलाई लिएर त्यहाँका जनाता थप चिढिएका हुन्। उनीहरुले सेनालाई द्विप भन्दा बाहिर पठाउनु पर्ने माग गरिरहेका छन्।  
तर जापान र अमेरिका दुवैले निर्णयको बचाउ गरेका छन्। दुवैको भनाई छ, 'सेन्य गठबन्धन दुवै देशको हितमा छ खास गरी जहाँ चीन लगातार आक्रामक भइरहेको छ।'
ओकिनावामा हाल २६ हजार अमेरिकी सैनिक बस्दै आएका छन्। सैनिकका लागि छुट्याएको क्षेत्रफल समग्र द्विपको २० प्रतिशत रहेको बताइएको छ। 
आइतबार सैनिकका विरुद्ध प्रदर्शन गुर्न अगाडि प्रदर्शनकारीले रीना शिमाबकुरोका लागि मौन धारण गरेका थिए र उनको बुबाले पठाएको सन्देश पढेर सुनाएका थिए। उनीहरुले प्लेकार्डमा 'हाम्रो आक्रोशले सिमा पार गरिसकेको छ। नौ सैनिकलाई बाहिर निकाल' जस्ता नारा लेखेर प्रदर्शन गरेका थिए। 
७१ सालका चिहिरो उचिमूराले एएफपीसँग कुरा गर्दै भनिन्, ' म साह्रै दुःखी छु र म चाहान्नकी फेरि कोही उनीहरुको शिकार बनोस्।' उनले अमेरिकी सैनिक यहाँ बसुन्जेल यस्ता घटना घटिरहने पनि बताइन्।


 

प्रकाशित: ६ असार २०७३ ०६:५३ सोमबार

जापानमा अमेरिकी सेना विरुद्ध प्रदर्शन