अन्तर्राष्ट्रिय

नाटोलाई जर्मनीको चेतावनी

जर्मन- जर्मन विदेशमन्त्री फ्रान्क वाल्टर स्टाइनमायरले नाटोलाई रुसलाई अनावश्यक रुपमा नचिढ्याउन आग्रह गरेका छन्। उनले पूर्वी यूरोपमा नाटोले गरिरहेको सैन्य अभ्यासले रुसमा तनाव नबढाउन चेतावनी दिएका छन्।

स्टाइनमायरले नाटो यो महिना सुरु गरेको सैन्य अभ्यास क्षेत्रिय सुरक्षा र रुससँगको सम्बन्ध लागि हानिकारक हुन सक्ने बताए। उनले जर्मनको एक पत्रिकामा दिएको अन्तर्वातामा नाटोले सैनिक अभ्यासभन्दा रसियासँग सार्थक वार्ता गर्न आग्रह गरेका छन्।

नाटोले गत जुन ७ मा पोल्यान्डमा रुस विरुद्धको आक्रमणको अभ्यास गरेको थियो। दुई हप्तासम्म चलेको अभ्यासमा १४ हजार अमेरिकी, १२ हजार पोल्यान्ड र १ हजार ब्रिटेनका सेनाले भाग लिएका थिए। यसमा दर्जनौं युद्धपोत विमान तथा गाडीको प्रयोग गरिएको थियो।

'हामीले स्थितिलाई भडकाउनु हुँदैन। वार्ताबाट सजिलै निकास निकाल्न सकिन्छ,' उनले अन्तर्वातामा भनेका छन्, 'कसैले पनि ट्यांकको परेड गरेर सुरक्षा प्राप्त गर्न सकिन्छ भन्ने सोचेको छ भने त्यो भ्रम हटाए हुन्छ। पूरानो द्धन्द्ध चर्काएर कसैलाई पनि फायदा हुनेछैन।'

अभ्यास नाटो सैन्यशक्तिको जाँच गर्न हरेक दुई वर्षमा गरिँदै आएको छ। तर रसियाले आफ्नो सिमाना छेऊ भइरहेको यस्ता अभ्यासले रुसको सुरक्षा खतरा बढाएको बताएका छन्।

उनले नाटो यस्तो गतिविधी निहुँ खोजाहा भएको बताउँदै रुस अर्को शीत युद्धका लागि इच्छुक नभएको बताएका छन्।

प्रकाशित: ५ असार २०७३ ०६:४७ आइतबार

नाटोलाई जर्मनीको चेतावनी