अन्तर्राष्ट्रिय

चीनका पूर्व राष्ट्रपति जेमिनको ९६ वर्षमा निधन

चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ। ल्युकेमिया र शरिरका अंगहरुले काम गर्न छाडेपछि बुधबार निधन भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

जियाङको दिउँसो १२ः१३ मा उनको गृह नगर सांघाईमा मृत्यु भएको हो। चिनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले चिनियाँ जनतालाई सत्तारुढ कम्युनिष्ट पार्टी, संसद, मन्त्रिपरिषद् र सेनाले मृत्युको घोषणा गरेको पत्र प्रकाशित गरेको छ।

‘कमरेड जियाङ जेमिनको मृत्यु हाम्रो पार्टी र हाम्रो सेना र हाम्रा सबै जातीय समूहका जनताको लागि अतुलनीय क्षति हो,’ सिन्ह्रवाद्धरा जारी पत्रमा भनिएको छ, ‘गहिरो शोक’ संग घोषणा गरिएको छ।’

प्रकाशित: १४ मंसिर २०७९ ०९:२३ बुधबार

चीनका पूर्व राष्ट्रपति जियाङ जेमिन