स्वास्थ्य

नेपालमा थपिए ५३ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ। यस अवधिमा ५१ जना कोरोनामुक्त पनि भएका छन्।

कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १२ सय १८ जनाले ज्यान गुमाइसकेका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ। यसैबीच, डेंगु संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ५१ पुगेकाे छ। मन्त्रालयका अनुसार डेंगु संक्रमण ७७ जिल्लामा फैलिएकाे छ भने ४२ हजार पाँच सय चार जना संक्रमित भइसकेका छन्।

प्रकाशित: ३ कार्तिक २०७९ ०९:५४ बिहीबार

‘कोरोना