स्वास्थ्य

भेरी अस्पतालमा डेंगुका बिरामी बढे

नेपालगञ्जको भेरी अस्पतालले कोभिडका लागि छुट्याएको वार्डमा डेंगु लगायत बिरामी राखेको छ। 

यहाँ डेंगुको बिरामी ४६ जना छन्। कोभिडका बिरामी बढेपछि अस्पतालले छुट्टै वार्ड बनाएकोमा डेंगु लगायतका बिरामी बढेपछि उक्त वार्डमा ती बिरामीलाई राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा बद्री चापागाईंले बताए। उनले 'यो बिरामी बढ्ने मौसम हो। बिरामी बढेर राख्ने ठाउँ छैन', मेसु डा.चापागाईले भने।

अस्पतालमा एक सय ५० शय्या छ। ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेन्च, कुर्सीमा बिरामी बसेका छन्। अस्पतालमा डेंगु लगायतका बिरामी बढेपछि रिफर गर्ने क्रम बढेको छ। एकै दिन अस्पतालमा पुगेर दर्जनभन्दा बढी फर्किरहेका छन्। पश्चिमको रिफरल सेन्टर मानिने भेरीमा डेङ्गुबाट दुई जनाको मृत्यु भइसकेको छ। यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला बीचलाई सचेत गराउँदै आएको उपमेयर कमरुद्दिन राईले जानकारी दिइन्।

प्रकाशित: ८ आश्विन २०७९ १०:२५ शनिबार

डेंगु सङ्क्रमण