स्वास्थ्य

थप ७४ जनामा कोरोना संक्रमण पुष्टि,एकको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यस्तै कोरोना संक्रमणबाट थप एक जनाको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ४ हजार १२६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ तथा एन्टिजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो। आज थप ११६ जना सङ्क्रमणमुक्त भएका छन्।

प्रकाशित: ८ आश्विन २०७९ ०९:५४ शनिबार

कोरोना सङ्क्रमण