स्वास्थ्य

थप १०४ जना सङ्क्रमित

कोरोना भाइरसको सङ्क्रमण आज एक सय चार जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा तीन हजार पाँच सय ८७ परीक्षणमध्ये एक सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।  

आज दुई सय एक कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन्। निको हुने प्रतिशत ९८.६ प्रतिशत रहेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय १६ पुगेको छ। आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ। अहिलेसम्म सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या १२ हजार १४ पुगेको छ।  

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर र चितवन रहेका छन्। सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला रहेका छन्।

होम आइसोलेशनमा दुई हजार दुई सय ३६, संस्थागत आइसोलेशनमा ८०, सघन उपचार कक्षमा १४ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ। आज कोरोना भाइरस विरुद्धको खोप आठ हजार चार सय १२ जनाले खोप लगाएका छन्। 

प्रकाशित: २६ भाद्र २०७९ १२:०९ आइतबार

कोभिड–१९ (कोरोना भाइरस)