स्वास्थ्य

कोरोना संक्रमणबाट आज ३ जनाको मृत्‍यु, २०६ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप २०६ जना कोरोना संक्रमित थपिएको र ३ जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो।

१ हजार ५९५ जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: १७ भाद्र २०७९ ११:१४ शुक्रबार

कोरोना संक्रमण